आर्मीलाई पराजित गर्दै संकटा क्लब सेमिफाइनलमा प्रवेश
पाेखरा | पुस १८, २०७९
पोखराः पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपमा संकटा क्लब सेमिफाइनल प्रवेश गरेको छ ।
सहारा क्लब पोखराले आयोजना गरेको २२ औं आहा ! रारा पोखरा गोल्डकपमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै संकटा क्लब सेमिफाइनल प्रवेश गरेको हो ।
आज (सोमबार) पोखरा रंगशालामा भएको क्वार्टरफाइनल खेलमा आर्मीलाई ३–१ ले पराजित गर्दै संकटा अन्तिम ४ मा पुगेको हो ।
संकटाका लागि मेसुके, सुरजज्यू ठकुरी र स्टेफन बिनोङले गोल गरे भने विभागीय टिम त्रिभुवन आर्मीका तर्फबाट नवयुग श्रेष्ठले गोल गरे । अब संकटाले फाइनल प्रवेशका लागि एपीएफसँग खेल्नेछ ।
१५ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रता दिलाए पनि आर्मीले जागाउन सकेन । १४ औं मिनेटमा बल अगाडि बढाउन प्रयासरत दिनेश हेम्जनलाई संकटाका निशान खड्काले डिबक्स क्षेत्रमा लडाएपछि आर्मीले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीको सदुपयोग गर्दै नवयुगले गोल गरेका हुन् ।
त्यसपछि ३५ औं मिनेटमा संकटाका मेसुकेले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले कप्तान सुनिल बलको असिस्टमा गोल गरेका हुन् ।
खेलको ७३ औं मिनेटमा संकटाका सुरजज्यू ठकुरीले गोल गर्दै टिमलाई अग्रता दिलाए । संकटाका मेसुकेले विपक्षी पोस्टमा प्रहार गरेको बल बारमा लागेर फर्किँदा सुरजले सुन्दर फिनिसिङ दिए ।
खेलको अन्तिम समयमा स्टेफन बिनोङले गोल थप्दै संकटाको जित निश्चित गरे । मेसुकेले दिएको पासलाई ‘वन एन वन’मा बिनोङले गोल गरे । पोस्ट नजिक पुगेर आर्मीका टंक बस्नेतले बचाउन प्रयास गरे पनि सफल भएनन् ।
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

